नुवाकोटका पत्रकारहरुलाई कोरोना बीमा
विदुर। कोभिड–१९ (कोरोना भाइरस) को विश्व महामारीमा जोखिमपूर्ण रुपमा काम गरिरहेका नुवाकोटका पत्रकारका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले कोरोना बीमा गरेको छ ।
पत्रकार महासंघ नुवाकोटका सदस्य तथा जिल्लामा क्रियाशिल ९५ जना पत्रकारहरुको सामुहिक बीमा भएको हो । उहाँहरु सबैको जनही एक/एक लाख रुपैयाँको बीमा भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भइसकेको र पत्रकारहरु समेत भाइरसको संक्रमण परिसकेको अवस्थामा बीमा नुवाकोटका पत्रकारहरुको सुरक्षाका लागि कोरोना बीमा गरिएको बताइएको छ ।
कोरोना बीमाका लागि विदुर नगरपालिका र रुडेक नेपाल नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको छ । प्रति व्यक्ति छ सय रुपैयाँका दरले विदुर नगरपालिकाले ७० जना पत्रकारको र रुडेक नेपालले २५ जना पत्रकारको शुल्क तिरेको छ । उक्त बीमा अनुसार कुनै पत्रकार कोरोना भाइरसबाट संक्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ । नेपाल पत्रकार महासंघ नुवाकोटले आज बीमा कार्यक्रम घोषणा गर्दै पत्रकारहरुलाई कम्तिमा केही आत्मबल बढाउनका लागि यो प्रयास गरिएको र यसमा सरकारी तथा गैर सरकारी नियकाबाट सहयोग प्राप्त भएको जनाएको छ ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जोखिमको बेलामा पत्रकारहरु निरन्तर खटिरहनु पर्ने भएकोले सुरक्षाको प्रत्याभुती दिन सहकार्य गरेको बताए । स्थानीय सरकार सबै पेशा, नागरिकको सुरक्षा गर्न र सहकार्य गर्न तत्पर रहिरहेको र त्यसको उदाहरणको रुपमा पत्रकार महासंघसंगको बीमा सहकार्य कार्यक्रम रहेको प्रमुख पण्डितले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया