लकडाउनले रोक्यो विद्यार्थी भर्ना
नुवाकोट । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लकडाउन नखुलेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकिने जनाएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एजुकेसन पोर्टल तयार गरिसकेको केन्द्रले भर्ना अभियान सञ्चालन गर्न लकडाउन पछि विद्यालय खुल्नैपर्ने दोहो¥याएको छ । केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले भर्ना अभियान शुरू गर्न शिक्षक विद्यालयमै पुग्नुपर्ने भएकाले तत्काल सम्भव नभएको स्पष्ट पार्नुभएको छ । उहाँले अहिले सबै विद्यालयले विद्यार्थीलाई पाठ्यक्रम र पुस्तकबारे जानकारी दिन अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने गरी पाठ्यक्रम तयार गरिसकेको जानकारी गराउँदै भन्नुभयो– ‘सोही आधारमा कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं ।’
केन्द्रले कक्षा १–८ सम्मको पाठ्यसामग्री तयार गरी एजुकेसन पोर्टलमा राखिसकेको जनाएको छ । कक्षा ९ र १० को हकमा एफएल र टेलिभिजनमार्फत पठनपाठन गर्न मिल्ने गरी सामग्री तयारी गरिएको केन्द्रको भनाइ छ ।केन्द्रका अनुसार सबै पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रले तयार गरेको हो । अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सरकारी दाबी रहे तापनि त्यसका लागि पूर्वाधार तयार हुन सकेको छैन ।केन्द्रका महानिर्देशक डा. थपलियाले पहिलो चरणमा रोकिएको परीक्षाफल प्रकाशित गर्र्ने र लगत्तै अनलाइनमार्फत पढाइ सुचारु गर्न सबै निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘हाम्रो पहिलो प्राथमिकता परीक्षाफल प्रकाशित गर्ने नै हो, त्यसपछि अनुकूलताको आधारमा अनलाइनबाट पढाइ शुरू गर्नु रहेको छ ।’ उहाँले केन्द्रले तयार गरेको सबै सामग्री प्रदेश सरकारलाई हस्तान्तण गर्ने र प्रदेशले व्यवस्थित पढाइ सञ्चालन गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केन्द्रले तयार गरेको पाठ्यक्रम प्रदेश सरकारलाई उपलब्ध गराउने र प्रदेश सरकारले त्यसको व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रदेश सरकारलाई जिम्मेवार बनाउन र विद्यार्थीलाई पढ्ने बानी बसाउन सातै प्रदेश सरकारलाई आग्रह गरेका छौं ।’
तर, सरकारले अनलाइन कक्षा सञ्चालन गर्ने जनाए पनि त्यसको कसरी व्यवस्थापन गर्ने ? भन्ने विषयमा कुनै निर्णय भएको छैन । केन्द्रका महानिर्देशक थपलियाले लकडाउन नखुलुन्जेल विद्यार्थीले पढ्ने सबै सामग्री तयार भइसकेको दाबी गर्दै अहिलेबाटै पढाइ शुरू गर्दा कुनै समस्या नपर्ने स्पष्ट पार्नुभयो ।
नेपाल समाचारपत्र दैनिकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया