तत्काल लकडाउन खुकुलो बनाउने परिस्थिति छैन : उच्चस्तरीय समिति

फाइल फोटो
नुवाकोट । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निश्कर्ष निकालेको छ ।
देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निश्कर्ष निकालेको हो । केहीबेरअघि सिंहदरबारमा सकिएको बैठक लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निश्कर्षमा भने नपुगेको समितिका एक सदस्यले बताए। वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ। यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ। ‘
केही जिल्लामा खासगरी हिमाली क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग सल्लाह गरी ती जिल्लाका लागिमात्रै केही निर्णय गर्न सकिन्छ कि भन्ने पनि कुरा भएको छ,’ उनले भने। शुक्रबारको मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए। समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ । समितिमा भएका छलफलका आधारमा यो कार्यदलले मोडालिटी तयार पार्नेछ ।
यसको अन्तिम टुंगो मन्त्रिपरिषद्ले लगाउनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण
नेपाली कांग्रेसको १५ औं महाधिवेशन र वर्तमान राजनीतिको यथार्थ
निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज
साधारणसभा सकिएकाे केही घन्टामै शेयरधनीकाे बैंक खातामा लाभांश





प्रतिक्रिया