अध्यादेशबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
नुवाकोट । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दै छ ।
राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न मंगलबार विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने छ ।
सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । यसबाट नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ ।संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबाट प्रतिपक्षी दलका नेताको सहभागिता विना नै संवैधानिक परिषदको बैठक बस्ने र निर्णय गर्न सक्ने प्रावधान राखिएको छ । यसलाई कांग्रेसले संविधानमाथिको प्रहार भनेर टिप्पणी गरेको छ ।
यस्तै राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेशबाट दल विभाजनको प्रावधान खुकुलो बनाइएको छ । कोरोनाको महामारीरिुद्ध लड्ने बेलामा सरकारले अध्यादेश ल्याएपछि ‘बेमौसमको बाजा’ भनेर सरकारको आलोचना भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया