कोरोना प्रभाव : एक महिनादेखि रसुवागढी सुनसान
रसुवा । नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकामा अस्थायी प्रि–फ्याबको हेल्थ डेस्क भवन निर्माण सुरु गरिएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नाकामा रहेको हेल्थ डेस्क व्यवस्थित बनाउन अस्थायी प्रि–फ्याब भवन निर्माण सुरु गरिएको हो । एउटा हलसहित तीनकोठे प्रि–फ्याब भवन निर्माण सुरु गरिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए । उनले भने, ‘यसअघि टेन्ट र अस्थायी टहरामा हेल्थ डेस्क रहेको थियो, त्यसलाई व्यवस्थित बनाउन टेन्ट र अस्थायी टहरा भत्काएर त्यही ठाउँमा प्रि–फ्याब भवन निर्माणको काम सुरु भएको छ ।’ करिब १५ दिनमा निर्माण सम्पन्न गरिने काम भइरहेकोसमेत उनले बताए ।
सिमानामा निर्माण हुन लागेको अस्थायी प्रि–फ्याब भवनको लागत ३९ लाख ५० हजार रुपैयाँ रहेको श्रेष्ठले बताए । फागुनको पहिलो साता बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले रसुवागढीमा गरेको स्थलगत भ्रमणका क्रममा नाकामा स्वास्थ्य परीक्षणको अवस्था देखेपछि बागमती प्रदेशबाट भवनको निर्माण प्रक्रिया सुरु भएको होे । मन्त्रालयले भवन निर्माणको जिम्मा स्वास्थ्य कार्यालय रसुवालाई दिएको थियो ।
स्वास्थ्य परीक्षण सहज हुने
हेल्थ डेस्क निर्माणपछि चीनबाट नेपाल आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्न सहयोग पुग्ने देखिएको छ । चेकजाँचलाई व्यवस्थित बनाउन नाकामा अस्थायी भवन निर्माणको प्रक्रिया सुरु भए पनि चीनबाट आएकाहरूलाई राख्न क्वारेन्टाइन भवन निर्माण गर्ने वा घर भाडामा लिएर राख्ने व्यवस्था मिलाउने भन्नेबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । त्यसैगरी, कोरोना भाइरसको संक्रमण हुन नदिन स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाइरहेको भन्दै प्रजिअ भण्डारीले आफूहरू पनि सबैसँग छलफलमा रहेको बताए ।
चीनसँगको व्यापारिक नाका एक महिनादेखि सुनसान छ । यसअघि रसुवागढी नाका हुँदै दैनिक सयदेखि डेढ सय चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिने गरेका थिए । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि अहिले सुनसान भएको हो । रसुवागढी नाका हुँदै चीनको केरुङ सामान लिन हिँडेका सवारीसाधन पनि नाकामै रोकिएर बसेका छन् । रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित भएको व्यापारीहरूले बताएका छन् । अहिले नाकामा पुग्दा ड्युटीमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी मात्र भेटिन्छन् । कोरोना भाइरसले महामारीको रूप लिएपछि सुरुमा चिनियाँ पक्षले १५ दिन नाका बन्द गर्ने भनेको थियो । तर, एक महिनादेखि नाका बन्द नै रहेको छ । हेल्थ डेस्क व्यवस्थित बनाएर मात्र नाका सञ्चालनमा ल्याइने रसुवाका प्रजिअ भण्डारीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया