घर जान नपाएका मजदुरलाई ट्रेड युनियनकाे खाद्यान्न सहयोग
विदुर खबर
२०७७ वैशाख ६ गते २१:५०
बिदुर । लकडाउनका कारण घर समेत जान नपाई समस्यामा परेका बिदुर नगरपालिका वडा नम्बर ५ मा रहेका १४ जना मजदुरहरुलाई नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले खाद्यान्न उपलब्ध गराएकाे छ ।
शनिवार यशाेदादेबी भगवानसिं केसी मेमाेरियल ट्रष्टकाे समन्वय र आर्ट अफ लिभिङकाे सहयाेगमा प्राप्त खाद्यान्न पिपलटारमा रहेका मकवानपुर स्थायी ठेगाना भएका मजदुरहरुलाई युनियनका अध्यक्ष शिव देबकाेटाले बितरण गरे । ५ नम्बर वडाकी वडा सदस्य पातली नेउपाने र प्रहरी सहायक निरीक्षक गजेन्द्र यादवको रोहबरमा प्रती ब्यक्ती १० किलाे चामल,४ किलाे च्युरा,२ लिटर तेल,४ गाेटा साबुन,२ प्याकेट नुन र २० प्याकेट चाउचाउ र १ किलाे दाल उपलब्ध गराईएकाे अध्यक्ष देबकाेटाले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया