लकडाउनको मौका छोपी मूल्यवृद्धि
नुवाकोट । सरकारले लकडाउन गरेपछि त्यसको फाइदा उठाउँदै केही व्यवसायीले खाद्यान्नको मूल्य बढाउन थालेका छन् ।
ढुवानी भाडा बढेको र सामान ओसार्ने चालक नपाएको जनाउँदै उनीहरूले मूल्य बढाएका हुन् । लकडाउनयता सामान अनुसार किलोमा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढेको खुद्रा तथा होलसेल व्यवसायी बताउँछन् । नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने अनुगमनमा चासोसमेत दिएको छैन ।
‘मूल्य बढ्नुको उचित कारण छैन। तर मिल र आयातकर्ताले त्यत्तिकै खाद्यान्नको मूल्य बढाएका छन्,’ टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय फुयालले भने, ‘विदेशबाट आयात छैन, स्वदेशी उत्पादनमै मूल्य बढाए।’ मिलबाट मूल्य बढ्दा त्यसको असर वितरक, होलसेल हुँदै खुद्रामा समेत पर्ने उनको भनाइ छ। होलसेलमा चामलको मूल्य प्रतिकिलो ४ रुपैयाँ, चनामा १५ रुपैयाँ र केराउमा १० रुपैयाँ बढेको छ। रहर दाल र खाने तेलको मूल्य पनि सोही अनुपातमा बढेको उनले बताए।
‘लकडाउनले लेबर खर्च सामान्य बढेको छ। त्यो खर्च किलोमा १ रुपैयाँ नै बढे पनि बजार मूल्य अस्वाभाविक बढ्न नपर्ने हो,’ होलसेल व्यापारीसमेत रहेका फुयालले भने, ‘फ्याक्ट्रीमा जति मूल्य बढ्यो, आयातकर्ता र बिक्रेताले त्यति नै बढाउँछन्। त्यसको मार उपभोक्तामा पर्छ।’ व्यवसायीका अनुसार अहिले खाद्यान्नको माग बढ्दो छ। तर ढुवानी गर्ने चालक र सवारी छैनन्। भएका चालकले पनि ढुवानी गर्न मान्दैनन्। भाडा बढे मात्रै चालक ढुवानी गर्न तयार भएको व्यवसायी बताउँछन्।
‘विराटनगर–वीरगन्जबाट सामान ढुवानी गर्ने चालक छैनन्। ढुवानी भाडादर पनि दोब्बर बढाएका छन्,’ खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘अहिले विषम परिस्थिति भएकाले दुई–चार रुपैयाँलाई सामान्य मान्नुपर्छ।’ सामान्य दिनमा ट्रकहरूले सामान लिएर काठमाडौं आएपछि फर्किंदा पुनः सामान लिएरै जान्थे। लकडाउनले एकतर्फी मात्रै ढुवानी भइरहेको संघको भनाइ छ। जसले गर्दा ट्रक र चालकले खाद्यान्न ढुवानी गर्न नमानेका हुन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
विद्यार्थीहरूलाई पोसाक वितरण





प्रतिक्रिया