पुनर्बीमा कम्पनीको आईपीओ भोली बाँडफाँड हुने

विदुर खबर २०७६ चैत २५ गते १७:२६

नुवाकोट । नेपाल पुनर्बीमा कम्पनी आईपीओ भोलि चैत २६ गते बुधबार बाँडफाँड हुने भएको छ।

Advertisement

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन लम्बिएपछि कम्पनीको आईपीओ भोली नै बाँडफाँड गर्न लागेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले लकडाउन लम्बिएपछि बुधबार बिहान ७ः३० बजे आईपीओ बाँडफाँड गर्न लागिएको  जानकारी गराए।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध आरबीबी मर्चेन्टका अनुसार कम्पनीको आईपीओमा माग भन्दा ३.६८ गुणा धेरै आवेदन परेको छ । ४ लाख ९ हजार ७२२ जनाले आवेदनबाट ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो।

Advertisement

कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका सर्वसाधारणका लागि खुल्ला गरिएको थियो।

प्रतिक्रिया