लायन्स क्लब ईन्टरनेशनलद्धारा त्रिशुली अस्पताललाई पिपिइ वितरण
विदुर । जिल्ला अस्पताल नुवाकोटमा कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरुको उपचार तथा चेकजाँच सहज होस् भनी लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ ले पिपिइ , माक्स तथा फेस सिल्ड उपलब्ध गराएको छ ।
उक्त सामाग्री लायन्स क्लबका जोन चियर पर्सन अनुजकुमार श्रेष्ठले नुवाकोट जिल्ला अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राई तथा डाक्टर गोपाल लामालाई हस्तान्तरण गरेको हो । असहज परिस्थिति र सुरक्षा सामाग्रीको अभावले उपचारमा समस्या उत्पन्न भैरहेको अबस्थामा लायन्स क्लबले आफ्नो मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत प्रथम चरणमा सात थान सुरक्षा सामाग्री उपलब्ध गराएको हो ।
छिट्टै दोश्रो चरणको कार्यक्रममा सुरक्षा सामाग्री लगायत अन्य आवश्यक उपकरणहरु उपलब्ध गराउदै जाने कुरा श्रेष्ठले बताउनुभयो। केही समय अगाडि श्रेष्ठकै सकृयतामा एनआईसियु कक्ष निर्माणको लागि अत्याधुनिक उपकरणहरु उपलब्ध गराईएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया