समस्यामा परेका श्रमिकलाई गन्तब्यमा पुर्याउने ब्यबस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह
विदुर खबर
२०७६ चैत १७ गते १२:०८
बिदुर ।नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले काेभिड -१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण सयाैं श्रमिकहरु समस्यामा परेको भन्दै उनिहरुका लागि राहतको भरपर्दो प्रबन्ध गर्न र गन्तव्यमा पुग्न नसकेकाहरुलाइ गन्तव्यमा पुर्याउने ब्यबस्था गर्न माग गरेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देबकाेटाद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा लकडाउनका कारण श्रमिकहरु सबै भन्दा बढि समस्यामा परेकाले तत्काल राहतका कार्यक्रमहरु ल्याउन माग गरिएकाे छ ।बिज्ञप्तिमा नुवाकाेटमा बिशेष गरेर निर्माण क्षेत्रमा काम गर्ने र दैनिक ज्यालादारी गरेर परिवारको भरणपाेषण गर्दै अाएका श्रमिकहरु प्रभाबित भएकाले लकडाउन अबधिभर उनिहरुकाे भरणपाेषणकाे जिम्मेवारी लिन स्थानीय तहहरुलाई आग्रह समेत गरिएको छ ।
बिज्ञप्तिमा काेराेना संक्रमण राेकथामका लागि लकडाउनकाे पूर्ण पालना गर्नु सबैको कर्तब्य भएकाले सरकारका कदमहरु अाफू,आफ्नो परिवार,समाज र सिंगाे देशकाे रक्षाका लागि हाे भन्ने साेचेर सबैले परिपालना गर्नुपर्नेमा समेत जाेड दिईएकाे छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया