भारतसँगको सीमा तत्काल बन्द गर्न नेकपा सांसदको माग
नुवाकोट । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले तत्काल भारतसँगको सीमा बन्द गर्न माग गरेका छन् ।
संघीय संसदको राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिको बैठकमा बोल्दै नेकपाका सांसद पम्फा भुसाल र भीम रावलले एकतर्फी रुपमा भए पनि भारतीय नाका बन्द गर्नुपर्ने बताएका हुन् । भारत र नेपालका बीचमा खुला सीमा छ । खेतबाटै आवतजावत हुन्छ । त्यसकारण तत्काल खुला सीमा बन्द गरौं’ आइतबारको समिति बैठकमा सांसद भुसालले सरकारसँग माग गरिन्, ‘निश्चित सीमा तोकेर आवतजावत गर्न दिउँ र आउनेहरुको विशेष निगरानी राख्ने व्यवस्था गरौं ।’
सांसद रावलले भारतले नमाने एकतर्फी रुपमा भए पनि भारतसँगको खुला सीमा बन्द गर्न सरकारलाई सझुाव दिए । ‘खुला सीमा बन्द गर्न नेपालले भारतलाई आग्रह गरेको सुनिएको छ । उसले जवाफ दिएन भनेर हामीले आफ्नो निर्णय नगर्ने ?’ रावलले प्रश्न गरे, ‘यस्तो हुन सक्दैन । सरकारले निर्णय गरोस् ।’ खुला सीमा बन्द नभए भारत हुँदै नेपालमा कोरोनाको महामारी फैलिने उनको चेतावनी छ । ‘ढिलो भयो भने अमेरिकामा र इटलीमा जस्तै ज्यामितीय रुपमा नेपालमा भाइरस फैलिन सक्छ । बेलैमा सरकारको ध्यान जाओस्’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया