कोरोनाका कारण नेपालमा नाकाबन्दी
नुवाकोट । विश्वभरि सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दीमा भन्दा ठूलो असर देखिने सरोकारवालाले बताएका छन् ।
चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो । नेपाल चेम्बर अफ कमर्समा भएको एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०, ४० जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गरे ।
‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०, ४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उनले भने ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेश कुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनुपर्ने बताए । उनले जथाभावी भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गरे ।
६० वर्षभन्दा माथिका नागरिक, मधुमेह, मुटुसम्बन्धी समस्या र दमका रोगीहरुलाई संक्रमणको दर बढी देखिएको उल्लेख गर्दै उनले समयसमयमा साबुनपानीले हात धुन आग्रह गरे ।पहिलो पटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्रमण देखिएको छैन । संक्रमण देखिएका व्यक्ति पनि उपचार पछि घर फर्किसकेका छन् । यद्यपी कोरोनाको आशंकामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या भने बढिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया