बलात्कार प्रयासको आरोपमा नेकपा प्रदेश सांसद रावल पक्राउ
विदुर खबर
२०७६ फागुन २१ गते १९:५३
धनगढी । बलात्कार प्रयासको आरोपमा सुदूरपश्चिमका प्रदेश सांसद अक्कलबहादुर रावल पक्राउ परेका छन् ।
नेकपाका सुदूरपश्चिम प्रदेशसभाका सचेतक समेत रहेका रावल बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएर प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले बुधबार साँझ सेती प्रादेशिक अस्पतालमा सांसद रावलको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ।
धनगढीकी एक महिलाले आफूमाथि गत माघ २१ गते सांसद रावलले बलात्कार प्रयास गरेको दाबी गर्दै फागुन १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताए। ‘सांसद रावल आफैं उपस्थित भएका हुन्,’ डीएसपी बस्नेतले भने,‘बिहीबार म्याद थप भएपछि थप अनुसन्धान प्रकृया अघि बढ्छ।’
रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया