अन्जु पन्त फाउन्डेसनद्वारा मृगौला पीडित लाइ सहयोग हस्तान्तरण
गायिका अन्जु पन्तले आफ्नै फाउन्डेसन मार्फत् मृगौला पीडित गायक ओम विक्रम विष्ट र गायिका जलजला परियारलाई २५÷२५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छन् । राजधानीको हेल्लो क्याफे गजलबारमा पत्रकार सम्मेलन गर्दै गायिका पन्तले गायक विष्टका छोरा शिखर विक्रम विष्टको हातमा २५ हजार सहयोग हस्तान्तरण गरेका थिइन् भने गायिका परियारको बुबा नारायण बहादुर दर्जीको हातमा २५ हजार सहयोग हस्तान्तरण गरेकी थिइन् । सहयोग हस्तान्तरण पछि गायिका पन्तले उहाँहरुको स्वास्थ्यलाभको कामना गर्दै फाउन्डेसनले अझै सकेको सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।
त्यसैगरी नेपाली गीतसंगीतको विकास, संरक्षण, सम्बद्र्धनको क्षेत्रमा क्रियाशील रहेको गीतकार संघ नेपाल र संगीतकार संघ नेपाललाई २५÷२५ हजार रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । यसभन्दा अघि नै उनले आफूले सहयोग गर्ने बताएकी पन्तले उक्त रकम आज हस्तान्तरण गरेकी हुन् । दुबै संस्थाको प्रतिनिधित्व गर्दै आएका संगीतकार संघ नेपालका प्रेस सल्लाहकार तथा गीतकार लोकराज अधिकारीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी, अन्जु पन्त फाउन्डेसनका महासचिव थीर केसी र गायिका पन्तले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै जलजलाकी बुबा नारायणबहादुर दर्जी र ओम विक्रम विष्टका छोरा शिखर विक्रम विष्टले सहयोगप्रति गायिका पन्तलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम पत्रकार दीपज्योति थापाले संचालन गरेकी थिइन् ।
-RochakKhabar
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया