रोजगारीबाट घर फर्किने नेपालीमार्फत सुन तस्करी
काठमाडौं, ५ वैशाख– सुन तस्करहरुले वैदेशिक रोजगारीमा गएका नेपालीलाई समेत तस्कर बनाउन थालेका छन् ।
वैदेशिक रोजगारीमा गएर घर फर्किन लागेका नेपालीमार्फत तस्करहरुले सुन तस्करी गराउन थालेका हुन् ।
घर फर्किन लागेका नेपाली कामदारलाई बाटो खर्चसहित केही रकम दिएर तस्करहरुले सुन नेपाल पुर्याउन लागेका छन् ।
प्रहरीले विदेशबाट काम गरेर स्वदेश फर्किएका नेपालीलाई तस्करीको सुनसहित पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
वैदेशिक रोजगारीबाट फर्किएका नेपालीमार्फत सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले मंगलवार छड्के जाँच गर्दा ३ जनालाई व्यक्तिलाई अवैध रुपमा नेपाल भित्र्याइएको सुनसहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त कोटेश्वरका इन्सिपेक्टरको नेतृत्वमा प्रहरीले मंगलबार कोटेश्वर चोकमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा स २ प ४०२८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिको साथबाट ५०–५० ग्रामको ४ वटा चुरा र चेकिङकै क्रममा मोटरसाइकल चालकको सम्पर्कमा आएका अर्का व्यक्तिबाट ५० ग्रामकै अर्को सुनको बाला बरामद गरिएको प्रहरीले जनाएको छ ।
सुनसहित पक्राउ पर्नेमा काठमाडौंका ठहिटि बस्ने ३६ वर्षीय रतनलाल श्रेष्ठ, उजयपुर घर भइ बौद्ध बस्ने २२ वर्षीय लिला कुमारी श्रेष्ठ र सिराहको लहान स्थायी घर भएका इन्द्र सदे रहेका प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा
आजको मौसम : मध्यम वर्षाको सम्भावना





प्रतिक्रिया