नुवाकोटको शिवपुरी गाउँपालिकाका सवै वडा सचिवविहिन
विदुर खबर
२०७६ फागुन १० गते १९:१४

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका सचिवविहिन भएको छ ।
८ वडा कार्यालय रहेको गाउँपालिका साउन महिनादेखि सचिवविहिन भएको गाउँपालिकाका अध्यक्ष राकृष्ण थापाले बताउनुभएको छ । वडामा सचिव नहुँदा काम प्रभावित भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
गाउँपालिकाको सबै वडा कार्यालयमा सचिव नहँदा पुरै गाउँपालिकामा अघोषित रुपमा ताला लागेकोजस्तो गाउँपालिकाका अध्यक्ष अध्यक्ष थापाले बताउनुभएको छ । कर्मचारी अभावले गाउँपालिकामा भएका स्रोत साधनको समेत परिचालन हुन नसकेको उहाँले बताउनुभएको छ ।
गाउँपालिकामा कर्मचारी अभाव भएपछि गाउँपालिकाका अध्यक्ष थापाले बिहिबार बाग्मति प्रदेशका मुख्यमन्त्रि डोरमणी पौडेलको ध्यानकर्षण समेत गर्नुभएको छ । कर्मचारी अभावले विकास निर्माणका काम सोचेअनुसार हुन नसकेको तथा जनताको काम प्रभावित भएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभएको छ ।
सम्बन्धित
प्रतिक्रिया