प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले पूर्व सञ्चार तथा सूचनाप्रबिधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उक्त बिषयलाई लिएर उनले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।सरकारका प्रवक्ता समेत रहेका बास्कोटाको सो प्रकरणमा प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको तर्क थियो ।
भ्रष्टचारीको मुख पनि नहेर्ने भन्दै हिँड्ने प्रधानमन्त्रीले आफ्ना प्रिय मन्त्रीको कमिसन बार्गेनिङको अडियो समेत सार्वजनिक भईसकेपछि अलिकती नैतिकता देखाउन आग्रह गर्दै तत्काल राजीनाको माग गरे । सरकाले सुशासनको नारा दिए पनि भ्रष्टाचारीहरुलाई संरक्षण गरेको उनको आरोप थियो ।एकपछि अर्को गर्दै सरकारका मन्त्रीहरु नै भ्रष्टाचार काण्डमा मुछिनु गलत भएको भन्दै निष्पक्ष छानविनको समेत माग गरे।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया