किस्पाङको नवविहानी सहकारीद्धारा एकवर्षमा ८३ लाख रुपैयाँ बराबरको दुध संकलन
फिकुरी । किस्पाङ गाउँपालिका वडा नम्बर ३ काउलेमा अवस्थित शुभ नव विहानी कृषि सहकारी सस्था लिमिटेडले एक वर्षमा ८३ लाख रुपैयाँ बरावरको दुध सङ्कलन गर्न सफल भएको छ ।
गाइभैसी पाल्न किसानलाई उत्प्रेरणा दिन र उत्पादन भएको दुधको सहज रुपमा बजारीकरणको व्यवस्था गर्न सहकारीले गत वर्षदेखि दुध सकलन केन्द्र सञ्चालनमा ल्याएको थियो । दुध सङ्कलन केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको अवसरमा सहकारीले एक विशेष कार्यक्रम गरी सर्वोत्कृष्ट, उत्कृष्ट र सङ्कलन केन्द्रमा दुध ल्याउने सम्पूर्ण किसानहरुलाई क्याल्सियम वितरण गरेको छ । सहकारीका अध्यक्ष क्षेत्रबहादुर तामाङको अनुसार दुध सङ्कलन केन्द्रमा दुध सङ्कलन गर्ने मध्येहरुमा त्रिशक्ति पशुपालन फर्म, शाहिल घले, कुवेरमान तामाङ, प्रेममायाँ तामाङ, चन्द्र तामाङ, जयराज तामाङ र रविन्द्र तामाङ सर्वोत्कृष्ट किसानमा छनौट भएका थिए ।
सहकारीलाई दुध सङ्कलन केन्द्र सञ्चालनमा ल्याउन गाउँपालिकाको २ लाख रुपैयाँ, वडा नम्बर ३ को कार्यालयले ३ लाख रुपैयाँ र वल्र्ड रिन्यू नामक सस्थाले आवस्यक सामाग्री सहयोग गरेको थियो । अहिले काहुले, भाल्चे र फिकुरीका किसानहरुले पालेको गाइभैसीबाट उत्पादन भएको दुध उक्त सहकारीले सङ्कलन गर्दै आइरहेको सहकारीका सचिव आर.एन्. न्यौपानेले बताउनुभएको छ । उक्त दुध सङ्कलन केन्द्रमा सङ्कलित दुधबाट पनिर बनाएर काठमाडौँमा निर्यात गर्नु गरेको सचिव न्यौपानेले बताउनुभएको छ । दुध सकलन केन्द्र सञ्चालनमा आएका एक वर्षको अवसरमा आयोजिक कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमबहादुर घर्ती, लेखा अधिकृत सविना अर्याल लगायतको सहभागिता रहेको थियो । किस्पाङ गाउँपालिकाले पशु पालन र दुग्ध व्यवसायलाई प्रोत्सहान गर्न गाइभैसीलाई सुत्केरी भत्ता दिदै आइरहेको छ ।
नुवाकोट न्युजबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया