गायिका राउत धरौटीमा रिहा
नुवाकोट । अभद्र व्यवहार कसुरअन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आजको इजलासले रु चार हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा भएको घटनालाई लिएर गायिका राउतले प्रहरी सङ्गठनलाई नै गालीगलौज गरेपछि प्रहरीले कारबाही प्रक्रिया थालेको थियो ।
सोमबार मात्रै प्रशासन कार्यालयबाट चार दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले अनुसन्धानमा सहयोग गरेको र गल्तीको महसुस गरेकाले आजै अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयलाई मिसिल बुझाएको हो । गायिका राउतले आफूलाई विमानस्थलमा रहेको महिला प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै अघिल्लो हप्ता सामाजिक सञ्जालमार्फत प्रहरीलाई गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो ।
उक्त घटनाको सीसी टिभी फुटेजमा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको प्रहरीको जिकिर थियो । रिहापछि गायिका राउतले आफूले गल्ती गरेको स्वीकार गर्नुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया