गायिका राउत धरौटीमा रिहा
नुवाकोट । अभद्र व्यवहार कसुरअन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आजको इजलासले रु चार हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा भएको घटनालाई लिएर गायिका राउतले प्रहरी सङ्गठनलाई नै गालीगलौज गरेपछि प्रहरीले कारबाही प्रक्रिया थालेको थियो ।
सोमबार मात्रै प्रशासन कार्यालयबाट चार दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले अनुसन्धानमा सहयोग गरेको र गल्तीको महसुस गरेकाले आजै अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयलाई मिसिल बुझाएको हो । गायिका राउतले आफूलाई विमानस्थलमा रहेको महिला प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै अघिल्लो हप्ता सामाजिक सञ्जालमार्फत प्रहरीलाई गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो ।
उक्त घटनाको सीसी टिभी फुटेजमा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको प्रहरीको जिकिर थियो । रिहापछि गायिका राउतले आफूले गल्ती गरेको स्वीकार गर्नुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया