सरकारले स्थानीय तहसँग माग्यो कर्मचारीको विवरण
१९ चैत, काठमाडौं । कर्मचारी व्यवस्थापनमा अन्योल भएपछि सरकारले स्थानीय तहसँग विवरण माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७७ वटा जिल्ला समन्वय समितिसहित सबै स्थानीय तहसँग कर्मचारी विवरण माग गरेको हो ।
स्वीकृत अन्तरिम दरबन्दी अनुरुप सम्बन्धित स्थानीय तहमा कार्यरत् निजामति कर्मचारी र साविकका स्थानीय निकायका स्थायी कर्मचारीको रिक्त तथा पूर्तिको विवरण पठाउन मन्त्रालयले आग्रह गरेको हो । बिहीबारसम्म कर्मचारी विवरण पठाउन आग्रह गरेको छ ।
बुधबार मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा आवश्यक कर्मचारीको अन्तरिम दरबन्दी स्वीकृत गरेको थियो ।
सरकारले नयाँ संगठन संरचना अनुसार ३७ हजार सात सय ९६ कर्मचारी दरबन्दी व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
हाल विभिन्न विषयगत कार्यालय अन्तर्गतका केन्द्र/उपकेन्द्रमा खटिने कर्मचारी १९ हजार पाँच सय ५८ समेत गरी स्थानीय तहमा कुल ५७ हजार ३५४ दरबन्दी तोकिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया