हिमपातका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प
विदुर खबर
२०७६ माघ ३ गते १२:२२
रसुवा । चीनको केरुङमा बिहीबार बिहानदेखि निरन्तर हिमपात भएका कारण आयात निर्यात ठप्प भएको छ।
हिउँ परेपछि आयात निर्यात रोकिएको केरुङमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलले बताए।
‘बिहीबार पाँचवटा गाडीमा लोड भयो’, उनले भने, ‘हिउँ पर्न नरोकिएपछि दिउँसोबाट लोडको काम रोकिएको छ।’ अहिले पनि त्यहाँ हिउँ परिरहेको छ। सडक तथा सामाग्री लोड गर्ने ठाउँमा हिमपात भएका कारण बिहीबार दिउँसोदेखि सवारी साधन सञ्चालन हुन नसकेका उनको भनाइ छ।
त्यहाँ अहिले ६० वटा गाडी लोड हुने तयारीमा छ। हिउँमा गाडी चिप्लिने भएका कारण रसुवागढी, ठोङ्सा, पाङसिङ लगायतका स्थानमा चिनियाँ पक्षले सवारी सञ्चालन गर्न दिएको छैन।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया