साथी उपभोत्ता सहकारीको १० औ साधारणसभा सम्पन्न

विदुर खबर २०७६ पुष २५ गते २१:०९

बट्टार । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको साथी उपभोत्ता सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

Advertisement

साधारणसभमा संचालक समितिका तर्फबाट दिनेश कायस्थले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विभिन्न बचतमार्फत आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्मा १० करोड ९९ लाख ३९ हजार ३ सय ५५ रुपैयाँ संकलन गरेको बताए ।
त्यस्तै साधारणसभामा बजेट,कार्यक्रम तथा प्रगति विवरण पेश गर्दे सहकारीका कोषाध्यक्ष गोकुलवहादुर श्रेष्ठले आर्थिक वर्ष २०७५÷७६ मा सहकारीले ७ लाख ६८ हजार ४ सय १६ रुपैयाँ नाफा गर्न सफल भएको जानकारी दिए । उनले सहकारीले आर्थिक वर्ष २०७५÷७६ मा ४ करोड ८१ लाख ७८ हजार ८ सय ८७ रुपैयाँ लगानी गरि ३ करोड ४६ लाख २८ हजार ३ सय ५६ रुपैयाँ असुल गरि ४ करोड १० लाख ५२ हजार ९ सय ५६ रुपैयाँ ऋण प्रवाह गरेको बताए ।

साधारणसभामा नुवाकोट उद्योग वाणिज्य संघकी कार्यवाहक अध्यक्ष गिता अमात्यले निजि क्षेत्रमा लगानि गर्न सरकार, सहकारी र निजिक्षेत्र एकजुट भएर लाग्नुपर्ने बताइन । उनले नुवाकोटको बट्टार, विदुर र ढुङ्गे क्षेत्रमा रहेका स्थानियहरुलाई गल्छि–त्रिशुली सडक आयोजनाले मुअब्जा नदिने बताउँदै आएकोले बजार क्षेत्रका स्थानियलाई मुअब्जा नदिदा सहकारी र बैकको लगानि जोखिममा पर्न लागेको बताइन । उनले सहकारी र बैकको लगानि सुरक्षित बनाउन सबै एकजुट हुनुपर्ने भनाइ व्यत्त गरिन । अमात्यले व्यवसाय जोखिममा पर्दा सबै जोखिममा पर्ने भन्दै समस्याको समाधानको लागि सबै एकनुट हुनुपर्ने उल्लेख गरिन ।

Advertisement

यसैबिच शुक्रबार वसेको सहकारीको १० औ वार्षिक साधारणसभाले नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । सहकारीको अध्यक्षमा राजनमान श्रेष्ठ, उपाध्यक्षमा शैलेन्द्र बज्रचार्य, सचिवमा जितेन्द्र राजभण्डारी र कोषाध्यक्षमा गोकुल श्रेष्ठ निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा सुरजमान श्रेष्ठ,नारायणलाला श्रेष्ठ, रेशमराज अमात्य, सविनदास अमात्य र महिला सदस्यमा इन्द्रावती श्रेष्ठ कायस्थ चयन भएको निर्वतमान खध्यक्ष दिनेश कायस्थले जानकारी दिए ।

त्यस्तै लेखा समितिको संयोजकमा रोमनाथ आचार्य,सदस्यहरुमा प्रकाश पाठक र राजु सुनार रहेका छन । त्यस्तै सल्लाहकारमा भिमराज बज्राचार्य, सुमनमान श्रेष्ठ र शिवलाल श्रेष्ठ रहेका छन ।

Advertisement

प्रतिक्रिया