प्रदेश ३ को राजधानी र नामबारे नेकपामा विवाद
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलको बैठकले अझै प्रदेश ३ को राजधानी र नामबारे निर्णय गर्न सकेको छैन ।
तीन दिनदेखि चलिरहेको बैठकले प्रदेशको नाम र राजधानीबारे ठोस निर्णय गर्न नसकेको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो । आइतबारसम्ममा मुख्यमन्त्री डोरमणि पौडेल, पार्टीका प्रदेश इन्चार्ज तथा सांसद अष्टलक्ष्मी शाक्यलगायत ६६ जना सांसद तथा नेताले आफ्नो धारणा राखेका छन् ।
धरै सांसदले प्रदेश राजधानी हेटौँडा हुने र पार्टी केन्द्रीय सचिवालयको निर्णय आफूहरुले मान्ने बताएका छन् । राजधानी हेटौँडा राख्ने र नाम वागमती हुने नेकपा केन्द्रीय सचिवालयको बैठकविरुद्ध अभिव्यक्ति दिएका तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले आइतबारको बैठकमा अझै छलफल गर्न जरुरी रहेको बताउनुभयो ।
धादिङबाट निर्वाचित सांसद डा. रामकुमार अधिकारीले यसमा अझै छलफलको आवश्यकता रहेको बताउनुभयो । चितवनबाट निर्वाचित कृष्ण खनालले पार्टीको निर्णयलाई लागू गरिनुपर्ने बताउनुभयो । बैठकमा केही सांसदले भने पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशनविरुद्ध नजाने बताएका छन् ।
सिन्धुलीका नेकपा सांसद विनोदकुमार खड्काले बैठकमा जति नै विरोध गरे पनि कम्युनिष्ट पार्टीको कार्यकर्ता भएपछि केन्द्रको निर्णय मान्नुपर्ने तर्क गर्नुभयो । आइतबार पनि निर्णय हुन नसकेपछि बैठक साेमबार बिहान ११ बजेका लागि फेरि बोलाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया