पटाका बनाउने कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु
विदुर खबर
२०७४ चैत १० गते ४:११

नयाँ दिल्ली । भारतीय पूर्वीराज्य बिहारमा अवस्थित पटाका बनाउने एक कारखानमा भएको विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुकासाथै अन्य १५ जना घाइते भएका अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
बिहारको राजधानी पटनाबाट करिब ७९ किलोमिटर दक्षिणमा रहेको नलान्दा जिल्लाको बिहार सारिफमा रहको सो कारखानाभित्र बिहीबार राति विस्फोटन भएको प्रहरीस्रोतले जानकारी दिएको छ ।
उक्त विस्फोटमा परी घाइते भएकालाई नजिकैको स्वास्थ्य उपचार केन्द्रमा लगिएको छ । घाइतेमध्ये सात व्यक्तिको अवस्था भने चिन्ताजनक रहेको उपचार केन्द्रले जानकारी दिएको छ ।
स्थानीय समाचारदाताका अनुसार सो कारखाना गैरकानूनीरुपमा सञ्चालन हुँदै आएको छ । जिल्ला प्रशासनले सो घटनाको अनुसन्धान जारी रहेको बताएको छ । रासस÷सिन्ह्वा
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया