काम नगर्नै ठेकेदारलाई तह लगाइन्छ : मन्त्री नेम्वाङ

विदुर खबर २०७६ मंसिर २२ गते १७:५६
sf7df8f}F, % dªl;/ M gjlgo'Qm dGqL g]Djfª sfo{ef/ ;DxfNb} gjlgo'Qm ef}lts k"jf{wf/ tyf oftfoftdGqL j;Gts'df/ g]Djfª laxLaf/ dGqfnodf sfo{ef/ ;DxfNb} . tl:a/M /f]zg ;fksf]6f, /f;;

रुपन्देही – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा काम नसकी अलपत्र पार्नेलाई कारबाही गरिने बताउनुभएको छ ।

Advertisement

उहाँले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारबाहीस्वरुप ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाअनुसार काम अघि बढाइने बताउनुभएको छ ।

रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विभिन्न सडक तथा पुलको अनुगमनपछि प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

Advertisement

प्रतिक्रिया