विदुर नगरपालिकाविरुद्ध सर्वाेच्चमा अदालतमा रिट दर्ता
विदुर खबर
२०७६ मंसिर २० गते २०:४०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दर्ता भएको छ ।
विदुर नगरपालिकाले कार्यान्यनमा ल्याएको नगर शिक्षा नियमावलिक अलोकतान्त्रिक चरित्रको भएको र संघिय शिक्षा ऐनसँग बाझिएको भन्दै खारेजीको माग गर्दै सर्वाेच्चमा रिट दायर भएको हो । विदुर नगरपालिका वडा नम्बर २ का नवराज अधिकारीले नगर शिक्षा नियमावलिले विद्यालय व्यवस्थापन समितिको नेतृत्व छान्ने अभिभावकको अधिकार समेत कुन्ठित गरेको र संघिय ऐनसँग बाझिएको भन्दै भएका निर्णयहरु समेत बदर हुनेगरि अन्तरिम आदेशको माग गदै रिट दायर गरेका हुन ।
नगरपालिकाले ऐन समेत नबनाई शिक्षा नियमावली ल्याइएको र व्यवस्थापन समितिमा आफ्नो मान्छे ल्याउने नियतका साथ संविधान विपरित नगर शिक्षा समितिमा राखिएको भन्दै रिट निवेदन दर्ता गरेको सुवेदीले जानकारी दिए ।
उत्तरगया दैनिकबाट
सम्बन्धित
प्रतिक्रिया