उपचुनाव नतिजा : नेकपा ३०, कांग्रेस १३ स्थानमा विजयी
विदुर खबर
२०७६ मंसिर १६ गते १९:०५
काठमाडौँ । शनिबार ५२ पदका लागि भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाका उम्मेदवार ३०, कांग्रेस उम्मेदवार १३, समाजवादी पार्टीका उम्मेदवार ४, राजपा उम्मेदवार ३, राष्ट्रिय जनमोर्चाका उम्मेदवार १ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएको जानकारी दिए ।
नेकपाले प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र २४ वडाअध्यक्ष जितेको छ । प्रतिनिधिसभाको कास्की क्षेत्र नं २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार तीनसय ९४ मत ल्याएर विजयी भएकी छन् । यसअघि रवीन्द्र अधिकारीले जितेकोमा अहिले उनकी श्रीमती भट्टराइले जितेकी हुन् । प्रदेशसभाको दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपा उम्मेदवार विमलाकुमारी खत्री २४ हजार दुईसय ८६ मत ल्याएर विजयी भइन् । त्यहाँ यसअघि पनि नेकपा उम्मेदवार उत्तरकुमार ओलीले जितेका थिए । खत्रीले कांग्रेस उम्मेदवार केशवराज शर्मा आचार्यलाई पराजित गरिन् ।
उपचुनाव भएको तीन गाउँपालिका अध्यक्ष संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरामा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । मकालु गाउँपालिकाको अध्यक्षमा तेजबहादुर पोखरेल तीनहजार १८, पाँचथरको फाल्गुनानन्द गाउँपालिका अध्यक्षमा विरबहादुर कुरुम्वाङ ५ हजार तीनसय ६९ र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा विक्रम चौधरी तीनहजार दुई सय ४९ मत ल्याएर विजयी भएका छन् । त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा रुपाशाही एक हजार चार सय ५४ मतल्याएर विजयी भइन् । नेकपाले विभिन्न पालिकाका २४ वडाध्यक्ष जितेको छ ।
कांग्रेसले प्रदेशसभा सदस्य १, उपहानगरपालिकाको मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेको छ । प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क) मा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार चार सय ४९ मत ल्याएर विजयी भए । उनले नेकपा उम्मेदवार देवीप्रसाद ढकाललाई पराजित गरे । यसअघि सो क्षेत्रबाट नेकपाका उम्मेदवार हरिशरण लामिछानेले जितेका थिए ।
धरान उपमहानगरपालिका प्रमुखका कांग्रेस उम्मेदवार तिलक राई २६ हजार सात सय ९ मत ल्याएर विजयी भएका छन् । उनले नेकपा उम्मेदवार प्रकाश राईलाई पराजित गरे । धरानमा कांग्रेसले प्रमुख जितेको यो पहिलो पटक हो । कांग्रेसले विभिन्न ११ पालिकाका वडाध्यक्ष पनि जितेको छ । प्रदेशसभाका बागलुङ २ ‘ख’मा नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही ११ हजार दुईसय ३५ मत ल्याएर विजयी भए । उनले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई हराए ।
समाजवादी पार्टीले ४, राजपाले ३ वडाध्यक्षमा जीत हात पारेका छन् । भिमेशकुमार घर्तीमगरले प्यूठानको एरावती गाउँपालिका–२ को वडाध्यक्ष जितेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया