धादिङमा पाटेबाघको छालासहित छ जना पक्राउ


धादिङ । गजुरी गाउँपालिका–२ वालसिङबाट पाटेबाघको छालासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाघको छाला ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर दुर्लभ पाटेबाघको छाला १ थान, तीनओटा मोटरसाइकलसहित छ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । प्रहरीले खानतलासी गर्दा बा. १८ प ९६९३ नम्बरको मोटरसाइकल चालक भाइराम प्रजा र सो मोटरसाइकल पछाडि बस्ने राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाइछिपाई राखेको अवस्थामा ७ फिट २ इन्च लम्बाइ र १ फिट ३ इन्च चौडाइ भएको पाटे बाघको छाला फेला पारेको थियो । प्रहरीले बा. १८ प ९६९३, ग ७ प ५९६३ र ग ६ प १६४५ नं.को मोटरसाइकल बरामद गरेको छ ।
छालासहित पक्राउ पर्नेहरु गजुरी गाउँपालिका–३ का ३८ वर्षीय प्रजा, सोही स्थानका ३४ वर्षीय तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका–२ का ५७ वर्षीय सन्त तामाङ, सोही गाउँपालिका–३ का २१ वर्षीय राजकुमार तामाङ रहेका छन् । पक्राउ गरिएको छाला र छ आरोपीहरुलाई प्रहरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम अनुसन्धान गरी कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया