नागढङ्गा–सिस्नेखोला सुरुङको प्रवेशद्वार पुग्ने बाटोमा फ्लाइ ओभर बन्ने
विदुर खबर
२०७६ मंसिर ७ गते १०:३३
नुवाकोट । नागढङ्गा सिस्नेखोला सुरुङमार्गको प्रवेशद्धार सम्म पुग्ने बाटोमा फ्लाइ ओभर बनाउन आवश्यक जग्गा अधिग्रहण गर्न सरकारले स्वीकृति दिएको छ।
कलंकी–थानकोट सडकखण्डको गुर्जुधारामा ६ सय १० मिटरको फ्लाई ओभर बन्ने भएको छ।यसका लागि ११.०८ रोपनी जग्गा र ४७ घरटहरा अधिग्रहणको लागि सरकारले स्वीकृति दिएको हो। सुरुङमार्ग निमार्ण आयोजना प्रमुख श्याम खरेललेअहिले चलिरहेको कलंकी–थानकोट सडकमा सुरुङमार्ग निमार्णले असर नगरोस भनेर फ्लाई ओभर बनाउन लागिएको बताए।
सुरुङमार्ग आयोजनाले सुरुङमार्ग निमार्ण कम्पनी र हाजमा अन्डो कर्पोरेसनलाई निमार्णको कार्यादेश दिएको छ। गत कात्तिक २८ मा आयोजनाले कार्यआदेश दिएको आयोजनाप्रमुख खरेलले जानकारी दिए। कार्यादेश पाएपछि निमार्ण कम्पनीको समय सुरु हुन्छ। निमार्ण कम्पनीले ४२ महिनामा काम सक्नेगरी सम्झौता गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया