मध्यपहाडी लोकमार्ग समयमै सक्ने लक्ष्य
नुवाकोट । राष्ट्रिय गौरवको आयोजनामा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा विभिन्न समस्या देखिए पनि सडक निर्माण समयमा सम्पन्न गर्ने गरी अघि बढेको छ ।
गत आर्थिक वर्षमा सो लोकमार्गमा १५२ किलोमिटर सडक कालोपत्रे भएको थियो । चालू आवको पहिलो चौमासिकमा भने भैतिक प्रगति कम भएपनि ठेक्का प्रक्रिया अघि बढाउने काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताउनुभयो । उहाँका अनुसार निर्माण शुरु भएदेखि हालसम्म ३४४ किमी सडक कालोपत्रे भइसकेको छ भने ५८१ किमी सडकका लागि ठेक्का सम्झौता भएर निर्माण भइरहेको छ । चार सय ९२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी छ । अहिलेसम्म ६८ सडक पुल सम्पन्न भएको छ भने २४ पुल निर्माणाधीन छ । उहाँले भन्नुभयो, “बाँकी रहेका ठाउँमा पनि ठेक्का सम्झौता भइरहेको छ ।” आयोजनाअन्तर्गत झण्डै ८७९ किमी सडक नयाँ ट्र्याक खोली निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकहरुलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।
प्रमुख केसीले बताउनुभयो, “हामीले पहिले सञ्चालनमा रहेका सडकलाई पनि लोकमार्गकै स्तरमा ल्याउने काम भइरहेको छ ।” सरकारले आव २०६९÷७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकताका साथ अघि बढाएको हो । विसं २०६४÷६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया