समयमै काम नसक्दा कुकुर र बाँदरको फोटोसँगैै राखे ठेकेदारको फोटो,नुवाकोटमा कहिले ?
काठमाडौं । ठेकेदार शारदाप्रसाद अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डका घरबेटी हुन् ।
उनी सैलुङ कन्स्ट्रक्सन कम्पनीमा मालिक पनि हुन् । राजनीतिक पहुँचका आधारमा फाइदा लिइरहेको भन्दै उनको समय समयमा चर्चा भइरहन्छ । तर मंगलबार उनको फोटो नगरकोटका स्थानीयले उनको फोटो सडकमा पोल, सार्वजनिक तथा निजी सवारी साधनमा उनको फोटो टाँसेका छन् ।
नगरकोटबासीले उनको फोटो स्वागत वा कुनै बधाइ दिनका लागि टाँसेका भने होइनन् । भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक खण्डमा कालोपत्रे नगरेपछि आक्रोशित बनेका स्थानीयले उनको तस्बिर जताततै टाँसेका हुन् । पर्यटकीय गन्तव्य समेत रहेको नगरकोट जाने बाटोको ठेक्का लिए पनि काम नगर्दा स्थानीयहरु आक्रोशित बनेका थिए । लामो समयसम्म पनि काम नगरेपछि आजित भएका स्थानीयले अधिकारीको फोटोमा बाँदर र कुकुरको फोटो समेत जोडिएको छ ।
कमलविनायकदेखि भट्टेडाँडासम्म जम्मा साढे १५ किलोमिटर सडक छ । अधिकारीले सडक स्तरोन्नतीका लागि २०७१ साल असार २ गते सम्झौता गरेका थिए । सम्झौता अनुसार अधिकारीको कम्पनीले २०७३ साल असार ४ गतेसम्म काम सम्पन्न गरिसक्नु पर्ने थियो । तर कम्पनीले पटक–पटक म्याद थप गर्दै काम गरेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो





प्रतिक्रिया