म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
विदुर खबर
२०८३ साउन १८ गते २१:४३
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई घुस/रिसवत लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साेमबार नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख–हैरानी दिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले निगरानी तथा अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुस/रिसवतबापत एक लाख रुपैयाँ लिएको अवस्थामा काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

उनीसँग उक्त घुस रकमसहित स्रोत नखुलेको थप रु. ५ हजार समेत बरामद भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया