राष्ट्रपति चुनाव हस्तक्षेपको आरोपमा रुसविरुद्ध अमेरिका
काठमाडौं । अमेरिकी प्रशासनले रुसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको सम्बन्ध प्रगाढ बनाउने धेरै प्रयास गरिसकेको भएपनि वासिङटनले यसपटक रुसविरुद्ध अहिलेसम्मकै कडा कारबाही गरेको रोयटर्सले जनाएको छ ।
साइबर हमला र २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेपको आरोपमा यसअघि एफबीआईका प्रमुख रोबर्ट मुलरले १९ रुसी नागरिकको नाम सार्वजानिक गरेका थिए ।
बिहीबार प्रशासनले तिनै १९ दोषीहरु लगायत अन्य दुई प्रमुख अधिकारीमाथि पनि नयाँ प्रतिबन्ध जारी गराउने घोेषणा गरेको हो । यसअघि मस्काउ विरुद्ध कारबाही गर्न ट्रम्पले धेरै गाह«ो मानिरहेपछि उनीमाथि अमेरिकी अधिकारीहरुले नै विभिन्न प्रश्न उठाएका थिए । तरपनि पहिलोपटक अमेरिकाले आधिकारिक रुपमै साइबर हमलाका लागि रुसलाई दोषी ठहर गरेको छ ।
नयाँ कारबाही अन्र्तगत इन्टरनेट रिसर्च एजेन्सीमा प्रतिबन्ध लगाइने बताइएको छ जसमार्फत यसअघि रुसले सामाजिक संजालको सहयोगमा अमेरिकी चुनावमा हस्तक्षेप गरेको बताइएको छ । साथै सार्वजानिक भएका सबै रुसी नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध र त्यहाँका सम्पति समेत रोक्का हुने बताइएको छ ।
यो भन्दा अगाडि भने ट्रम्पले रुसविरुद्धको कदमले दुई देशबीचको सम्बन्धमा फेरि नयाँ समस्या उत्पन्न हुने बताउँदै कारबाही प्रक्रियाबाट पछि हट्न खोजेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया