डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई अनियमितताको आरोपमा बखास्त गर्ने तयारी
नुवाकोट । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले बखास्त गर्ने गरि प्रकृया अगाडि बढाईएको छ। हालका गर्भनर चिरञ्जिवि नेपालको कार्यकाल समाप्ती मिति नजिकिँदै गर्दा सो पदका आकांक्षी समेत रहेका श्रेष्ठमाथि छानबिन गरि बर्खास्त गर्ने प्रकृया अगाडि बढाउन लागेको हो।
प्रधानमन्त्री कार्यालयले नै मन्त्रिपरिषद्मा पेश गरेको एजेण्डा अनुसार मन्त्रिपरिषद् बैठकले नै श्रेष्ठमाथि अनुसन्धान गर्ने निर्णय गर्दै सो प्रकृया अगाडि बढाइएको बताईएको छ। कृष्ण आचार्यले राष्ट्रिय दैनिक कान्तिपुरको आइतबारको अंकमा लेखेको समाचार अनुसार लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप श्रेष्ठमाथि लगाइएको छ।
राष्ट्र बैंक ऐन–२०५८ मा सञ्चालक समितिले छानबिन गरी सिफारिस गर्नुपर्ने, स्पष्टीकरणको मौका दिने र त्यसपछि मात्र पदमुक्त गर्नुपर्ने प्रावधान छ। सोही अनुसार आइतबार राष्ट्र बैंक सञ्चालक समितिको बैठक आह्वान गरिएको छ । बैठकले श्रेष्ठमाथि परेको अनियमितिता माथि छानबीन गर्न समिति गठन गर्नसक्ने बताइएको छ।
राष्ट्र बैंकको सात सदस्यइस सञ्चालक समितिमा गभर्नर चिरञ्जीवि नेपाल अध्यक्ष, तथा अर्थ सचिव राजन खनाल, डेपुटी गभर्नरहरु शिवराज श्रेष्ठ, र चिन्तामणि शिवाकोटी र श्रीराम पौडेल, रामजी रेग्मी, र सुबोधकुमार कर्ण सदस्य छन्।
नयाँ गभर्नर नयन गर्ने मिति नजिकिँदै गर्दा अनियमितताको आरोमा बर्खास्त गर्न लाग्नुलाई भने अर्थपूर्ण तरिकाले हेरिएको छ।हालका गभर्नर नेपाल गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीलाई पछि पार्दै २०७१ चैत ५ गते ५ वर्षका लागि गभर्नरको रुपमा नियुक्त भएका थिए। राष्ट्र बैंकका १६ औँ गभर्नरको रुपमा नियुक्त भएका नेपालको कार्यकाल अगामी चैतमा सकिँदैछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया