प्रदेश राजधानीमै सरकारी मोटरसाइकल दुरुपयोग, सरकार निरीह
सुर्खेत, ३ चैत –स्थानीय तहका कर्मचारीले सरकारी नम्बर प्लेटका मोटरसाइकलको दुरुपयोग गर्ने गरेको पाइएको छ ।
स्थानीय तहका कर्मचारीहरुले शनिबारका दिन उक्त मोटरसाईकलको प्रयोग गरी दुरुपयोग गरेका हुन् ।
कर्णाली प्रदेशका करीब तीन दर्जन कर्मचारीले ३६ ओटा मोटरसाईकल जिल्ला समन्वय समिति सुर्खेतमा आउन प्रयोग गरेको पाइएको हो ।
तर प्रदेश सरकार र अन्य निकाय भने यसबारेमा निरीह देखिएको छ ।
उनीहरु कर्णाली प्रदेश कर्मचारी संघको प्रथम अधिबेसनमा सहभागि हुन वीरेन्द्रनगरमा आएका थिए ।
बिदाको दिनमा सरकारी मोटरसाइकल दुरुपयोग गरिनु कर्मचारीको दम्भ प्रमुख कारण रहेको स्थानीय सन्त रोकाया बताउँछन् ।
‘प्रदेशको राजधानीमै यसरी सरकारी मोटरसाईकल विदाको दिनमा प्रयोग हुने गरेका छन् भने कर्णाली प्रदेशका अन्य जिल्लाको हालत के होला ?’ उनले प्रश्न गरे ।
वीरेन्द्रनगरकै अर्का स्थानीय सुशीला शाहीले कर्मचारीहरुमा मनपरि बढेको बताइन् ।
बरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको खण्डमा मात्रै प्रयोग गर्न पाउने कानुुनी व्यवस्था रहेको बताए ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले विदाको दिनमा सरकारी गाडी प्रयोग गर्न नपाईने बताए । त्यसकालागि स्थानीय सरकारले नै रोक्नुपर्नेमा उनको भनाई छ ।
यता गाउपालिका महासंघ कर्णाली प्रदेशका प्रदेश संयोजक कविन्द्र कुमार केसीले कर्मचारीहरु अधिवेशनमा आएकाले प्रयोग गरेको हुनसक्ने अनुमान गरे । उनले आगामी दिनमा यस्तो छुट नदिने पनि बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया