कास्कीमा मतान्तर कम छ, चुनाव लड्दिनँ : गौतम
नुवाकोट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले कास्की क्षेत्र नम्बर २ बाट निर्वाचन नलड्ने प्रष्ट पारेका छन्।
हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्थानमा हुन लागेको उपनिर्वाचनमा आफू उम्मेदवार नबन्ने गौतमले स्पष्ट पारेका हुन्। फेसबुकमा स्टाटस लेख्दै उनले पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको समेत उल्लेख गरेका छन्।
आफूलाई कास्कीबाट उम्मेदवार बन्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत आग्रह गरेको उनले स्टाटसमा खुलाएका छन्। चुनाव लड्न आग्रह गर्ने सबैप्रति उनले धन्यवाद समेत दिएका छन्। २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि बर्दिया क्षेत्र नम्बर ‘१’ बाट उम्मेदवारी दिँदा विपक्षीको तुलनामा वाम गठबन्धनसँग ३२ हजार मत बढी हुँदा पनि पराजित भएको स्मरण गर्दै उनले लेखेका छन्, ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो।’ कास्कीको निर्वाचनमा स्थानीय नेताहरुलाई नै स्थानमा दिनुपर्नेमा समेत उनले जोड दिएका छन्।
नेता गौतमको स्टाटसः
.png)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया