यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

विदुर खबर २०७४ फागुन २९ गते १४:४३

काठमाडौं । यूएस बंगला विमानको दुर्घट्नामा परी ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । सोमबार ४९ जनाको मृत्यु भएको थियो भने २ जनाको उपचारका क्रममा मंगलबार (आज) मृत्यु भएको हो । यसको पुष्टि गृहमन्त्रालयले गरेको छ । ज्यान गुमाउनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी नागरिक र एक चिनियाँ नागरिक छन् ।

Advertisement

दुर्घटनामा घाइते भएका २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए ।

प्रतिक्रिया