शिक्षा दिवस पदकबाट त्रिशुली माविका प्रअ महेन्द्र राउत पुरस्कृत हुने

विदुर खबर २०७६ भदौ २३ गते १८:०५

विदुर ।  त्रिभूवन त्रिशूली माध्यामिक विद्यालयका प्रधानाध्यापक महेन्द्र राउत शिक्षा दिवस पदक २०७६ बाट सम्मानित हुने भएका छन ।

Advertisement

४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रअ राउतलाई सम्मान गर्न लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

राउतसैगै रसुवाको झाङलाङ प्राविका गगनराज देवकोटा र धादिङबाट शंखादेवि माध्यामिक विद्यालय माझिमटारका तिलकबहादु प्रजा समेत सम्मानित हुने भएका छन ।

Advertisement

उनीहरुसँगै देशभरबाट ७७ शिक्षकहरु एकैपटक शिक्षा दिवस पदक २०७६ बाट सम्मानित हुने भएका छन ।

प्रतिक्रिया