नुवाकोटमा बन्ने आर्गनकि पदमार्गको प्रक्रिया अघि बढ्यो
विदुर खबर
२०७६ भदौ १ गते २०:१६
नुवाकोट, नुवाकोटमा अर्गानिक पदमार्ग निर्माण प्रक्रिया अघि बढेको छ । शिवपुरी, ककनी, दुप्चेश्वर गाउँपालिकामा प्रांगारिक कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग थालिएको हो ।
पदमार्गको नाम ‘ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङ अर्गानिक पदमार्ग’ प्रस्ताव गरिएको छ । उक्त पदमार्ग निर्माण र प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि यस चालु आवमा कृषि मन्त्रालयबाट ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।पदमार्ग निर्माण योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न शुक्रबार काठमाडौंमा सुझाव संकलन तथा सरोकारवालासँग अन्तर्क्रिया गरियो । नुवाकोटका प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले विगतमा करोडौं खर्चेर बनाएका केही पदमार्ग अलपत्र परेको उल्लेख गर्दै पुरानै तरिका र योजनाले मात्रै पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए । पदमार्ग निर्माणसँगसँगै स्थानीय विशेषता र प्रांगरिक उत्पादनमार्फत कृषि पर्यटनलाई बढावा दिनुपर्ने उनको भनाइ थियो ।
प्रदेश ३ की उपसभामुख राधिका तामाङले आफू कृषि राज्यमन्त्री हुँदादेखिको सोचलाई कार्यान्वयनतर्फ अघि बढाउन लागिएको बताइन् । उनले चालु आवको बजेट निर्माणको अन्तिम समयमा संघ सरकारको अर्थ र कृषि मन्त्रालयमा पहल गरी प्रदेशमार्फत ससर्त बजेट विनियोजन गरिएको उल्लेख गरिन् । प्रदेश सांसद बद्री मैनालीले ककनीमा पर्यटन विकास हुन नसक्नुमा गुठी जग्गा भएको उल्लेख गर्दै ककनी–कुटुमसाङ पदमार्गको विषयमा शिवपुरी राष्ट्रिय निकुञ्जसँग स्पष्ट कुराकानी हुनुपर्ने सुझाव दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सरोकारवालाले डीपीआर अपूर्ण रहेको भन्दै सच्याउन सुझाव दिएका थिए ।
शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले स्थानीय सरकार, सरोकारवालासँग समन्वय र छलफल गरी डीपीआर सच्याउन आग्रह गरे । तीनै तहका सरकारबीच समन्वय भए मात्र यो योजना पूरा हुने उनको भनाइ थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले तीनै तहको सरकारको समन्वयमा उच्चस्तरीय प्राविधिक समितिमार्फत् अध्ययन र कार्यविधि बनाइ कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । उनले यो पदमार्ग दूरगामी महत्वको रहेकाले केन्द्र सरकार समन्वय र सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा प्रांगारिक कृषि विज्ञ गोविन्द शर्मा, गाउ पर्यटन प्रवर्द्धन मञ्चका निवर्तमान अध्यक्ष कमल सापकोटाले र कृषिविद् शरदचन्द्र श्रेष्ठले कार्य पत्र प्रस्तुत गरेका थिए ।नुवाकोटका ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङलाई प्राथमिकता दिए पनि यसले काठमाडौं र सिन्धुपाल्चोकलाई समेत जोड्न सहभागीले सुझाव दिएका छन । ककनीका २ र ५, शिवपुरीका ७ वडा र दुप्चेश्वरका २ र ४ वडा समेट्ने प्रस्ताव छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया