हङकङमा हजारौं मानिस सडकमा
एजेन्सी, सुपुर्दगी विधेयक खारेजी र लोकतन्त्र बहालीको माग गर्दै हङकङमा आइतवार पनि १० औ हजार मानिसले प्रदर्शन गरेका छन् । चीन सरकारकाले एकपछि अर्को धम्की र चेतावनी दिइरहदा त्यसका बाबजुद पनि दशौं हजार मानिस सडकमा उत्रिएका हुन् ।
प्रदर्शनकारी वर्षाको समेत पर्वाह नगरी प्रदर्शनका लागि भेला भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारी हङकङको भिक्टोरिया पार्कमा भेला भएका थिए । विगत ११ सातायता जारी प्रदर्शन हिंसात्मक बन्दै जाँदा आइतबारको प्रदर्शन भने शान्तिपूर्ण रुपमा सफल बनाउन प्रदर्शनको आयोजना गरेको हङकङको सिभिल राइट्स ह्युमन फ्रन्ट नामक समूहले आह्वान गरेको छ ।
यता चीनले भने प्रदर्शनलाई आतंकवादी गतिविधिको संज्ञा दिँदै प्रदर्शन चर्किंदै गएको खण्डमा चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ । चीनले प्रदर्शनकारीलाई डर देखाउन हङकङको सीमाक्षेत्रमा सैनिक अभ्यास पनि गर्दै आएको छ । शुरुमा हङकङका नागरिकलाई मुख्यभूमी चीन फर्काउने विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन शुरु भएको थियो ।
प्रदर्शनकारीले हाल भने अधिक स्वतन्त्रता, मानव अधिकार तथा लोकतन्त्रको माग समेत गरेका छन् । आन्दोलन चर्किदै गएपछि ३ हप्ता अघि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले बिधेयक स्थगित भएको बताएकी थिइन । तर प्रदर्शनकारीले बिधेयक खारेज नै हुनुपर्ने अडान राख्दै आएका छन । गत सातामात्र प्रदर्शनकारीले त्यहाँको विमानस्थल कब्जा गरेपछि सयौं उडान तथा अवतरण अवरुद्ध भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया