हङकङमा हजारौं मानिस सडकमा

विदुर खबर २०७६ भदौ १ गते १८:१२

एजेन्सी, सुपुर्दगी विधेयक खारेजी र लोकतन्त्र बहालीको माग गर्दै हङकङमा आइतवार पनि १० औ हजार मानिसले प्रदर्शन गरेका छन् । चीन सरकारकाले एकपछि अर्को धम्की र चेतावनी दिइरहदा त्यसका बाबजुद पनि दशौं हजार मानिस सडकमा उत्रिएका हुन् ।

Advertisement

प्रदर्शनकारी वर्षाको समेत पर्वाह नगरी प्रदर्शनका लागि भेला भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारी हङकङको भिक्टोरिया पार्कमा भेला भएका थिए । विगत ११ सातायता जारी प्रदर्शन हिंसात्मक बन्दै जाँदा आइतबारको प्रदर्शन भने शान्तिपूर्ण रुपमा सफल बनाउन प्रदर्शनको आयोजना गरेको हङकङको सिभिल राइट्स ह्युमन फ्रन्ट नामक समूहले आह्वान गरेको छ ।

यता चीनले भने प्रदर्शनलाई आतंकवादी गतिविधिको संज्ञा दिँदै प्रदर्शन चर्किंदै गएको खण्डमा चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ । चीनले प्रदर्शनकारीलाई डर देखाउन हङकङको सीमाक्षेत्रमा सैनिक अभ्यास पनि गर्दै आएको छ । शुरुमा हङकङका नागरिकलाई मुख्यभूमी चीन फर्काउने विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन शुरु भएको थियो ।

Advertisement

प्रदर्शनकारीले हाल भने अधिक स्वतन्त्रता, मानव अधिकार तथा लोकतन्त्रको माग समेत गरेका छन् । आन्दोलन चर्किदै गएपछि ३ हप्ता अघि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले बिधेयक स्थगित भएको बताएकी थिइन । तर प्रदर्शनकारीले बिधेयक खारेज नै हुनुपर्ने अडान राख्दै आएका छन । गत सातामात्र प्रदर्शनकारीले त्यहाँको विमानस्थल कब्जा गरेपछि सयौं उडान तथा अवतरण अवरुद्ध भएको थियो ।

प्रतिक्रिया