माथिल्लो त्रिशुली थ्री ‘ए’ को दोस्रो युनिटबाट उत्पादन सुरु

विदुर खबर २०७६ साउन १७ गते १७:२५

Timure Yatayat Busनुवाकोट, माथिल्लो त्रिशुली थ्री ‘ए’ ले शुक्रबारबाट दोस्रो युनिटको उत्पादन परिक्षण सुरु गरेको छ । पहिलो युनिटको उत्पादन भएको दुई महिनापछि दोस्रो युनिट परिक्षण सुरु गरेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए ।

Advertisement

पूर्ण क्षमतामा विधुत उत्पादन गरेर प्नणालिमा जोडि परीक्षण सकिएपछि अवको एक महिनामा आयोजनाले व्यवसायिक उत्पादन सुरू गर्ने बताइएको छ। परिक्षण उत्पादनको अवधि ७२ घण्टाको हुन्छ । ६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत जेठ ३ गते राष्ट्रिय प्रसारणमा जोडिएको थियो । दुवै युनिटबाट उत्पादन ६० मेगावाट बिद्युत  राष्ट्रिय प्नशारण लाइनमा जोडियो ।

रसुवामा बाँध र नुवाकोटमा विद्युत गृह रहेको यस आयोजना आर्थिक वर्ष ०७५/०७६ भित्र दुवै युनिटबाट विद्युत उत्पादन गरिने लक्ष्य राखिएको थियो ।आयोजना प्रमुख जोशिका अनुसार आयोजना पुर्ण रुपमा सञ्चालनमा आएपछि देशभित्र खपत हुने उर्जामा करिब आठ प्रतिशतको योगदान रहने छ । १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयामा आयोजना निर्माण सम्पन्न भएको हो । २०६८ वैशाखबाट निर्माण सुरु भएको यो आयोजना भुकम्पका कारण करिब २२ महिना निर्माण कार्यमा प्रभावित भएको थियो ।

Advertisement

प्रतिक्रिया