वालुवा उत्खननका लागि लिखु गाउँपालिकाले आह्वान गरेको ठेक्का रद्ध गर्न माग

विदुर खबर २०७६ साउन १४ गते २०:३६

Timure Yatayat Busनुवाकोट, लिखु गाउँपालिकाले नदिजन्य पदार्थ उत्खननका लागि आह्वान गरेको ठेक्का रद्ध गर्न माग गरिएको छ ।

Advertisement

कमलजित निर्माण सेवा समितिले विभिन्न ठेकेदार कम्पनि र गाउँपालिकाकाको समेत मिलेमतोमा एकलौटी ढंगबाट ठेक्कापट्टा आफु अनुकुल पार्न खाजेको भन्दै ठेक्का रद्ध गर्न माग गरिएको कमलजित निर्माण सेवाका प्रतिनिधि शैलेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठले क्षेत्रपाल ईसाई जेवी र डि.जी प्रकाश निर्माण सेवा लगायतका ठेकेदारहरुले धाकधक्की र जबरजस्ती गाउँपालिकाको मिलेमतोमा अरुलाई पार्न खोजेको बताए ।

गाउँपालिकाले निष्काशन गरेको वालुवा,रोडा र गिट्टीको ठेक्कामा सबैभन्दा बढी मुल्यमा ठेक्का लगाउने प्रचलन भएपनि गाउँपालिका र केही ठेकेदारको प्रभावमा परेर गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले सो ठेक्का आफ्नो पक्षमा पार्न खोजिएको गाउँपालिकाका एक कर्मचारीले बताए । गाउँपालिकाले आह्वान गरेको कोटेशनमा कमलजित निर्माण सेवाले ३ करोड ८० लाख रुपैयाँ र क्षेत्रपाल ईसाई जेवीले ३ करोड ५४ लाख रुपैयाँमा ठेक्का हालेका थिए ।

Advertisement

कमलजित निर्माण सेवाका प्रतिनिधि श्रेष्ठले मंगलबार विहान ११ बजे आफुलाई ठेक्का रद्ध गर्न तिव्र दवाव दिएको र आफुले पाउनुपर्ने ठेक्का गाउँपालिकाले अरुलाई दिन खोजेको भन्दै पुन अर्काे ठेक्का आह्वान गर्न माग गरेका छन । ठेक्काको विषयलाई लिएर मंगलबार दिनभर लिखुगाउँपालिका तनावग्रस्त हुँदा ठुलो संख्यामा प्रहरी समेत परिचालन गरिएको थियो ।

प्रतिक्रिया