गडखारमा पानी खुवाउँदै समाजसेवी शैलेस
नुवाकोट । लिखु गाउँपालिका वडा नम्वर ४ गडखारका सर्वसाधारणलाई एउटै पिडा थियो खाने पानीको जोह गर्ने कसरी भन्ने । अव उक्त समस्याको समाधान भएको छ ।
युवा ब्यवसायी एवं समाजसेवी शैलेस श्रेष्ठले उनीहरुको समस्याको समाधान गर्नु भएको छ । लिखु गाउँपालिका कै बासिन्दा रहनु भएका युवा ब्यवसायी श्रेष्ठले उक्त क्षेत्रमा खानेपानी समस्या समाधान गर्न पानी तान्ने रकेट पम्प हस्तान्तरण गर्नु भएको छ । एक सय ४० घर रहेको उक्त गडखारमा अव पानीको लागी ठुलो समस्या रहेन । श्रेष्ठले प्रदान गर्नु भएको रकेट पम्पले पानी पालेले पानी तान्ने काम गर्छन पानी सर्वसाधारणको धारा सम्म पुग्छ । पानी तन्न पालेको लागि समेत महिनाको पाँच हजार तलवको ब्यवस्था उनै समाजसेवी श्रेष्ठले गर्नु भएको छ । पानी निःशुल्क रुपमा खडखारका बासिन्दाको घर सम्म पुञ्याउन उहाँले पानी पाले र पानी तान्ने पम्म हस्तान्तरण गर्नु भएको उहाँ बताउनुहुन्छ ।
गडखारका जनतालाई पानीको ठुलो समस्या थियो । मेरो सानो सहयोगले उहाँहरुलाई सहज हुन्छ भने मेरो यो सामाजिक दाहित्व पनि हो । सरकारको मुख ताक्नु भन्दा आफैले आफ्नो क्षेत्रमा सकेको सहयोग गर्न सके समाज आफै बन्छ हामीले कसैको मुख ताक्नै पदैन यसैले मैले सकेको सहयोग स्वरुप पानी तान्ने पम्म र पानी पाले दाई लाई मासिक पाँच हजार दिने अठोट स्वरुप उक्त सहयोग गरेको हुँ उहाँ बताउनुहुन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया