सुत्केरी मृत्यु प्रकरण : तीन बुँदे सहमतिपछि अवरुद्ध सडक सुचारु

विदुर खबर २०७६ साउन १० गते १४:३५

नुवाकोट, जिल्ला अस्पताल त्रिशुलीको चरम लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनका परिवारजन र आफन्तले अवरुद्ध पारेको सडक सुचारु भएको छ ।

Advertisement

बहीबार बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेकी गोमा ओस्तीको उच्च रत्तस्रावको कारण मृत्यु थियो । उनको उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनापछि मृतकका आफन्तले बेलकोटगढी नगरपालिकाको रातमाटे, महादेव फाँट लगायतका स्थानमा काठको मुढा राखि सडक अवरुद्ध गरेका थिए । मृतकका आफन्तले अस्पताल प्रशासन, गृह मन्त्रालय, सरकारको लापरवाहीले मृत्यु भएको र मृतकका परिवारलाई क्षतिपुर्तिको माग गर्दे सडक अवरुद्ध बन्द गरेका थिए ।

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सर्वसाधारण मर्कामा परेका थिए । सडक सुचारु भएपछि सवारीसाधन गन्तव्यतिर लागेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा प्रहरी, अस्पताल प्रशासन, मृतकका आफन्तबीच ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

Advertisement

सहमति अनुसार बच्चाको नाममा बैक खातामा तारकेश्वर गाउँपालिकाबाट एक लाख, रुपैयाँ र अस्पताल विकास समितिबाट ५० हजार रुपैयाँ तथा र प्रशासन कार्यालयबाट थप रकम जुटाउन पहल गर्ने सहमति भएको छ । त्यस्तै घटनाको सम्बन्धमा अस्पताल विकास समितिले छानबिन समिति बनाएर अहिलेको घटनामा समीक्षा सहित दोषीलाइ कारबाही, आगामी दिनमा कमजोरि हुन नदिने प्रतिवद्धता व्यत्त गरेको छ । यस्तै विदुर नगरपालिकाले हेलिकप्टर भाडा बेहोर्ने बताइएको छ ।

प्रतिक्रिया