सुत्केरी मृत्यु प्रकरण : तीन बुँदे सहमतिपछि अवरुद्ध सडक सुचारु
नुवाकोट, जिल्ला अस्पताल त्रिशुलीको चरम लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनका परिवारजन र आफन्तले अवरुद्ध पारेको सडक सुचारु भएको छ ।
बहीबार बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेकी गोमा ओस्तीको उच्च रत्तस्रावको कारण मृत्यु थियो । उनको उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनापछि मृतकका आफन्तले बेलकोटगढी नगरपालिकाको रातमाटे, महादेव फाँट लगायतका स्थानमा काठको मुढा राखि सडक अवरुद्ध गरेका थिए । मृतकका आफन्तले अस्पताल प्रशासन, गृह मन्त्रालय, सरकारको लापरवाहीले मृत्यु भएको र मृतकका परिवारलाई क्षतिपुर्तिको माग गर्दे सडक अवरुद्ध बन्द गरेका थिए ।
सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सर्वसाधारण मर्कामा परेका थिए । सडक सुचारु भएपछि सवारीसाधन गन्तव्यतिर लागेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा प्रहरी, अस्पताल प्रशासन, मृतकका आफन्तबीच ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमति अनुसार बच्चाको नाममा बैक खातामा तारकेश्वर गाउँपालिकाबाट एक लाख, रुपैयाँ र अस्पताल विकास समितिबाट ५० हजार रुपैयाँ तथा र प्रशासन कार्यालयबाट थप रकम जुटाउन पहल गर्ने सहमति भएको छ । त्यस्तै घटनाको सम्बन्धमा अस्पताल विकास समितिले छानबिन समिति बनाएर अहिलेको घटनामा समीक्षा सहित दोषीलाइ कारबाही, आगामी दिनमा कमजोरि हुन नदिने प्रतिवद्धता व्यत्त गरेको छ । यस्तै विदुर नगरपालिकाले हेलिकप्टर भाडा बेहोर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया