नुवाकोट र धादिङको सिमाना कोल्पुटारमा वालुवा निकाल्नेको लर्काे
नुवाकोट , नुवाकोट र धादिङको सिमाना भएर बग्ने कोल्पु खोलामा वालुवा झिक्नेको लर्काे लागेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य पदार्थको उत्खननमा रोक लगाएपछि खेताला नै लगाएर तस्करहरुले हाते औजारमार्फत वालुवा झिक्न लगाइरहेका छन ।

जिल्लाको महादेवफाट, रातमाटे र कोल्पुटार खोला किनारमा विभिन्न स्थानमा धार्मिक मेला महत्वपूर्ण उत्सवको जस्तो झल्को दिने गरी समूह समूहमा विभाजित भई मजदुरहरूले हाते मेसिनबाट दैनिक ५० ट्रिफर बालुवा निकालिरहेको खोटाङबाट मजदुरी गर्न आएका नमराज तामाङले बताए । विभिन्न समुह बनाएर वालुवा बोक्नेहरुबिच कसले पहिला गाडी भर्ने भन्ने होडबाजी नै चलेको छ । दैनिक वालुवा निकालेवापत १५ सयदेखि ४ हजार रुपैयाँसम्म आम्दानी हुने अर्काे मजदुर प्रेम तामाङले बताए ।
खोलामा केही जोखिम भएपनि राम्रो आम्दानी भएकोले आफुहरु वालुवा संकलन गर्न खोटाङबाट आएको अर्काे मजदुर दिनेश लामाले बताए । पानी परेसँग खोलाले वालुवा बगाएर ल्याउने हुँदा पानी पर्दा बढी आम्दानी हुने कामदारले बताएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया