नुवाकोट र धादिङको सिमाना कोल्पुटारमा वालुवा निकाल्नेको लर्काे

विदुर खबर २०७६ असार २७ गते ७:५३

नुवाकोट , नुवाकोट र धादिङको सिमाना भएर बग्ने कोल्पु खोलामा वालुवा झिक्नेको लर्काे लागेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य पदार्थको उत्खननमा रोक लगाएपछि खेताला नै लगाएर तस्करहरुले हाते औजारमार्फत वालुवा झिक्न लगाइरहेका छन ।

Advertisement

जिल्लाको महादेवफाट, रातमाटे र कोल्पुटार खोला किनारमा विभिन्न स्थानमा धार्मिक मेला महत्वपूर्ण उत्सवको जस्तो झल्को दिने गरी समूह समूहमा विभाजित भई मजदुरहरूले हाते मेसिनबाट दैनिक ५० ट्रिफर बालुवा निकालिरहेको खोटाङबाट मजदुरी गर्न आएका नमराज तामाङले बताए । विभिन्न समुह बनाएर वालुवा बोक्नेहरुबिच कसले पहिला गाडी भर्ने भन्ने होडबाजी नै चलेको छ । दैनिक वालुवा निकालेवापत १५ सयदेखि ४ हजार रुपैयाँसम्म आम्दानी हुने अर्काे मजदुर प्रेम तामाङले बताए ।

Advertisement

खोलामा केही जोखिम भएपनि राम्रो आम्दानी भएकोले आफुहरु वालुवा संकलन गर्न खोटाङबाट आएको अर्काे मजदुर दिनेश लामाले बताए । पानी परेसँग खोलाले वालुवा बगाएर ल्याउने हुँदा पानी पर्दा बढी आम्दानी हुने कामदारले बताएका छन ।

प्रतिक्रिया