पन्चकन्या गाउँपालिकाबाट एसबिआई बैकको बोर्ड हटाउँन गाउँपालिकाको निर्देशन, प्रहरीमा उजुरी

विदुर खबर २०७६ असार २० गते १३:२६

नुवाकोट असार २०, पन्चकन्या गाउँपालिकाले वडा नम्बर २ सहरेटारमा नेपाल एसबिआई बैकले आफुहरको अनुमति र सहमति विना बैकिङ कारोवार संचालन गरेको भन्दै ईलाका प्रहरी कार्यालय पन्चकन्यालाई प्रहरी परिचालन गरि बैकको साईनबोर्ड र सुचनापार्टी हटाएर सहयोग गरिदिन आग्रह गरेको छ ।

Advertisement

गाउँपालिकाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आफुहरुको अनुमति नलिई गाउँपालिकाले बैकिङ कारोवार संचालन गरेको भन्दै आपत्ति जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा गाउँपालिकाको कार्यालयमा मुख्य कार्यलय स्थापना गरि अन्य स्थानमा एक्सटेन्स काउन्टर खोलेर बैकिङ कारोवार गर्नुपर्ने नेपाल राष्ट्र बैकको नियमविपरित बैंकले काम गरेको उल्लेख छ ।

यसअघि गाउँपालिकाले बैकलाई यहि मंगलबार राष्ट्र बैकको नियमविपरित गाउँपालिका कार्यालयमा मुख्य शाखा नखोली गाउँपालिकामा आएकोजस्तो मात्र देखाएको भन्दै लिखित स्पष्टीकरण सोधेर तत्काल बैकको साईनबोर्ड हटाउन निर्देशन दिएको थियो । पालिकाको पत्रको वेवास्ता गरिए गाउँपालिका निर्मम कारवाहीको निर्णय गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया