कोलनीमा बन्ने भनिएको सोलार प्लान्ट अन्यौलमा

विदुर खबर २०७६ असार १९ गते १:१५
फाईल फोटो

  फाईल फोटो

नुवाकोट असार १९, नुवाकोटको विदुर नगरपालिकाको कोलनीमा बन्ने भनिएको २५ मेगावाटको सौर्य प्लान्ट अन्यौलमा परेको छ ।

Advertisement

सोलार प्यानल राख्ने ठाउँमा रहेको काठपात हटाउन नसक्दा सोलार प्यानल राख्ने काम अन्यौलमा परेको हो । देवीघाट जलविद्युत् आयोजना निर्माणको क्रममा विनपा ५ कोलनीको जग्गामा रोपिएका रुख सोलार प्यानल राख्न ०७५ असोज ९ गते कटान आदेश भई काटिएको थियो । कटान गरिएका रुखहरू सिसौ, खयर, सल्लो आँप, पीपललगायत ९ भन्दा बढी प्रजातिका छन् । लिलामी गरेका काठको रकम विद्युत प्राधिकरणको खातामा जम्मा गरिएको छ । कुनै पनि सरकारी जग्गाको रुख कटान गरी लिलाम बिक्री गर्दा नेपाल सरकारको राजस्व खातामा रकम जम्मा गर्नुपर्ने प्रावधान छ ।

त्यही प्रावधानले गर्दा लिलामीको काठ त्यसै थन्केपछि प्यालन जडानको कार्यमा अन्योलता आएको नेपाल विद्युत् प्राधिकरण ग्रिड सोलार आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया