शिवपुरीमा टिफर जलाएका विप्लवका कार्यकर्ता काठमाण्डौबाट पक्राउ

विदुर खबर २०७६ असार १७ गते २:४९
Arrested man in handcuffs with hands behind back

नुवाकोट असार १७, शिवपरी गाउँपालिका वडा नम्बर ८ बोहोरे खोलामा गत साउन २९ गते बा ४ ख ८५१६ नं टिपर गाडी जलाएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका एक कार्यकर्ता पक्राउ परेका छन ।

पक्राउ पर्नेमा काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नम्बर ६ का ४२ वर्र्षिय सागर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । उनलाई आईतबार काठमाण्डौको बालाजुस्थित अष्टनारायण हल नजिक महानगरिय प्रहरि बृत बालाजुले पक्राऊ गरेको हो । उनलाई अनुसन्धानको लागि नुवाकोट ल्याइएको छ । जिल्ला अदालत नुवाकोटले गत भदौ १५ गते घटनामा संलग्नहरुलाई खोज्न आदेश दिएको थियो ।

Advertisement

पक्राउ परेका तिमल्सिनालाई जिल्ला अदालत नुवाकोटले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनीमाथि अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया