नुवाकोटमा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाईयो

विदुर खबर २०७६ असार १५ गते १४:२२

नुवाकोट असार १५, १६ औँ धान दिबसको अवसरमा धान उत्पादन र बृद्धि गरी किसानहरुलाई कृषी पेशा तर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले नुवाकोटको विभिन्न स्थानमा धान रोपाई महोत्सव आयोजना गरिएको छ ।

Advertisement

दिवसको अवसरमा पन्चकन्याँ गाउँपालिका, विदुर नगरपालिका, लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकामा विविधि कार्यक्रमको आयोजना गरि धान दिवस मनाइएको छ । त्यस्तै तुप्चेमा १६ औँ धान दिवस तथा बृहत रोपाई महोत्सव मनाइएको छ । बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा आज धान दिवसका अबसरमा भएको १६ औँ धान दिबस तथा रोपाई महोत्सवमा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद खतिवडाले सरकारको कृषिमा लगानी धेरै भए पनि प्राय ठाउँमा जग्गा बाजो रहेकोले सरकारी अनुदान सहि ठाउामा उपयोग हुनु पर्ने बताउनुभएको छ । परम्रागत कृषि प्रणालीलाई यान्त्रिकरण गरेर अबको कृषीउत्पादन निर्बाहमुखी नभई ब्यबसायीक खेती तर्फ उन्मुख भए मात्रै नेपाल कृषी क्षेत्रमा आत्मनिर्भर हुन सकिने बताउनुभएको छ ।

यस्तै कार्यक्रममा प्रदेश सांसद हिरानाथ खतिवडाले कृषिको पहिलो ठुलो उत्पादन धान रहेता पनी आबाश्यक्ता अनुसार आत्मनिर्भर हुन नसेकोले अब आधुनिक खेती तर्फ लाग्नु पर्ने बताउनुभएको छ । कृषि पेसामा व्यवसायिक तबरले अघि बढ्न सकिने भएकोले कृषकहरुसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । साबीम कृषी सहकारी संस्था लिमिटेड तुप्चको आयोजनामा भएको १६ औँ धान दिवस तथा बृहत रोपाई महोत्सवमा बिदुर नगरपालिकाको प्रमुख सञ्जु पण्डितले बिदुर नगरपालिकालाई उत्पादनमा आत्मनिर्भर हुन, कृषी बिकासलाई प्रबर्दन गर्न निती तथा बजेको व्यवस्थापन गरेको बताउनुभएको छ । नगरको हावापानी र भुगोलको उत्पादनको आधारमा पकेट क्षेत्र पनि घोषण गरिएको बताउनुभएको छ ।

Advertisement

यस्तै, कार्यक्रममा साबीम कृषी सहकारी संस्था लिमिटेड तुप्चेका अध्यक्ष रामप्रसाद नेपालले कृषकहरुलाई कृषि पेसा प्ति आकर्षित गराउन समय समयमा कृषकहरुलाई सम्मान गर्दै आएको बताउनुभएको छ । २०६९ सालदेखि सञ्चालन गर्दै आएको रोपाई महोत्सवले किसानहरुलाई कृषी पेशाप्रति थप आकर्षित र उन्मुख बनाउने बिश्वास लिएको उहाले बताउनुभएको छ । रोपाई महोत्सवमा वडा भित्र सञ्चालनमा रहेका प्रत्येक सामुदायिक बिद्यालयमा अध्ययनरत एक÷एक जना गरिब, जेहेन्दार तथा द्धन्द्धपीडित छात्राछात्रहरुलाई छात्रबृती स्वरुप शैक्षिक सामाग्री बितरण गरिएको छ । बिभिन्न राष्«िटय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहको १६ औँ धान दिबस तथा बृहत रोपाई महोत्सबमा मौलिक कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि पञ्चेबाजाको प्रदशर्नी, घाँसे तथा असारे भाका, हिले दौड लगायतका अन्य रोचक प्रतियोगीताहरु भएको थियो ।

कार्यक्रममा संबिधान सभा सदस्य राममायाँ बोगटी, बिदुर नगरपालिकाको उपमेयर गीता दाहाल, बिभिन्न वडाका वडाअध्यक्ष तथा जनतिनिधि, नुवाकोट उद्योग वाणिज्य संघका सचिव उपेन्द्र बुढाथोकी स्थानीयबासी लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Advertisement

प्रतिक्रिया