प्रधानमन्त्री रोजगार कार्यक्रम : झारपात गोडमेलमै विदुर नगरपालिकाको ३७ लाख स्वाहा


फाईल फोटो
नुवाकोट असार १५, गत साता विदुर नगरपालिका वडा नम्बर ४ पुरानो नगरपालिकाको कार्यालयमा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल महिला प्रवेश गरे । करिब एक २० जनाको संख्यामा रहेका ती कामदारले नगरपालिकाको परिसरको झाडीँ फाँडे ।
वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे । टिपनटापन काम गरेर करिब एक घण्टामै टोली त्यहाँबाट निस्कियो । बेल्चा, हसिया र कोदालो बोकेका ती व्यक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममा छानिएका कामदार थिए ।
कार्यक्रमका लागि नगरपालिकाममा २ हजार २ सय ४० जना छनौटमा परे पनि दुई त्यहाँ कामको लागि २० जना महिला आएको नगरपालिकाले जनाएको छ । ती कामदारलाई असार महिनाभर सडक किनारको झारपात र टिपनटापन र गोडमेलको जिम्मा दिइएको छ । अहिले तीनै कामका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा विदुर नगरपालिकाले ३७ लाख रुपैयाँ बजेट खर्च गरिँदैछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया